ad ad

अपराध


रुपन्देहीमा होटल लुटपाटलगत्तै युवकमाथि गोली हानियो

रुपन्देहीमा होटल लुटपाटलगत्तै युवकमाथि गोली हानियो

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०७९ सोमबार ८:२२, बुटवल

रुपन्देहीको ओमसतिया गोली प्रहार भएको छ। ओमसतिया गाउँपालिका वसन्तपुरमा गएराति पौने १२ बजे अज्ञात समूहले गोली प्रहार गर्दा एक युवा घाइते भएका छन्। 

घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ हुन्। मोटरसाइकलमा उनलाई अर्को मोटरसाइकलमा रहेका तीनजनाको समूहले गोली हानेको थियो।

उनको पेटको बायाँतर्फको भागमा गोली लागेको छ। तर अवस्था खतरामुक्त रहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए। 

गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। 

गोली चलेको केही बेरअघि एक किलोमिटरको दूरीमा रहेको एक होटलमा पेस्तोल देखाएर लुटपाट भएको थियो।  

लुटपाट गर्ने र गोली प्रहार गर्ने एउटै समूह हो कि फरक फरक भन्नेबारे अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .