ad ad

अपराध


बेलायत पठाइदिने बहानामा १५ लाख ठगी

बेलायत पठाइदिने बहानामा १५ लाख ठगी

नेपालखबर
साउन २९, २०७९ आइतबार १७:५९, काठमाडौँ

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै पाँच जनाबाट १५ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–१ नारायणटार घर भइ हाल काठमाडौंको सामाखुशी बस्ने वर्ष ३७ को प्रकाश राई रहेका छन्। 

राईले अमिर श्रेष्ठ समेत ५ जनालाई सिजनल भिसामा बेलायत जानको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चरकम्पनीमा काम लगाइदिन्छु, मासिक चार लाख रुपैयाँसम्म तलब हुन्छ भनी विश्वास दिलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागबाट भएको अनुसार अनुसार राईको खोजतलास गर्ने क्रममा सिनामंगल शम्भुमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .