ad ad

अपराध


कुटपिटबाट युवकको मृत्यु, चारजना अभियुक्त पक्राउ

कुटपिटबाट युवकको मृत्यु, चारजना अभियुक्त पक्राउ

नेपालखबर
साउन २९, २०७९ आइतबार १२:७, काठमाडौँ

गोरखाको पालुङटार नगरपालिका-५ धरमपानी निवासी ३५ वर्षीय बुद्धिबहादुर विकको 
मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा चारजना पक्राउ परेका छन्। 

बुद्धिबहादुरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ३४ वर्षीय रामशरण विकलगायत ४ जनालाई गएराति पक्राउ गरेको छ।

उनीहरुले मादक पदार्थ पिएर कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धिबहादुरको

आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको हो। 

त्यसपछि ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .