सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गरेको अभियोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमर राजथलालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा नक्कली प्रोफाइल मार्फत महिलालाई साथी बनाई मेसेन्जरमा सम्वाद गर्ने क्रममा पीडकले अश्लीलता प्रदर्शन गर्ने र सो को स्क्रिनसट लिई सामाजिक सञ्जालमा प्रशारण गरी अपमान बेइज्जत गरी दिन्छु भन्दै धम्क्याउने गरेको प्रहरीले जनाएको छ।
महिलालाईसमेत बाध्य पारी अश्लीलता प्रदर्शन गर्न लगाई रेकर्ड राख्ने र सामाजिक सञ्जालमा प्रशारण गर्छु भनि बारम्बार बार्गेनिङ सहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको बताइएको छ।
उक्त अभिप्राय पूरा नभएपछि पीडितका आफन्त तथा साथीहरुलाई समेत अश्लीलता प्रदर्शनसँग सम्बन्धित रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दुःख हैरानी दिने गरेका थिए।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
Shares
प्रतिक्रिया