ad ad

अपराध


निकुञ्जमै चित्तलको चोरीशिकार, ६३ केजी मासुसहित सातजना पक्राउ

निकुञ्जमै चित्तलको चोरीशिकार, ६३ केजी मासुसहित सातजना पक्राउ

नेपालखबर
साउन २५, २०७९ बुधबार १८:५१, काठमाडौँ

कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको मासु चोरी शिकारमा संलग्न सातजना पक्राउ परेका छन्। 

निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारीको संयुक्त गस्ती टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट सुरुमा एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरेको थियो।

त्यसपछि उनको बयानका आधारमा पछ्याएको सेना र कर्मचारीको टोलीले अन्य ६ जनालाई पनि एक स्थानीयवासीको घरबाट पक्राउ गरेको हव। 

उनीहरुलाई स्थानीयको घरमा लुकिरहेको अवस्थामा गस्ती टोलीले पक्राउ गरेको हो। 

उनीहरुको साथबाट भरुवा बन्दुक २ नाल, टीका बारुद १ प्याकेट, खुँडा एउटा, खुकुरी चारवटासहितका सामग्रीहरु बरामद भएको छ। 

उनीहरुलाई आवश्यक कारवाहीका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .