ad ad

अपराध


घरायसी विवादमा पतिको मृत्यु, पत्नी पक्राउ

घरायसी विवादमा पतिको मृत्यु, पत्नी पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २५, २०७९ बुधबार ९:३७, चितवन

पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय (चितवन) का अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको हो।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा श्रीमतीले अचानोले आक्रमण गरेको पाइएको हो। उनका अनुसार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले हानेकी हुन्। 

आक्रमणबाट टाउकामा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो।

घटनामा संलग्न श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .