ad ad

अपराध


सिन्धुपाल्चोकका कांग्रेस नेता अपहरणको आरोपमा एक पक्राउ

सिन्धुपाल्चोकका कांग्रेस नेता अपहरणको आरोपमा एक पक्राउ

नेपालखबर
साउन २२, २०७९ आइतबार २१:३३, काठमाडौँ

सिन्धुपाल्चोकका कांग्रेस नेता बलाराम भन्ने धनबहादुर कार्कीलाई अपहरण गरेको आरोपमा एक जना काठमाडौंबाट पक्राउ परेका छन्। 

स्थानीय तहको निर्वाचनको बेला अपहरण गरेको आरोपमा सुनकोशी गाउँपालिका ५ का चाइनिच भनिने रमेश लामा पक्राउ परेका हुन्।

उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए। 

अपहरणमा सुनकोशी गाउँपालिकाकै एमाले र कांग्रेसका नेता कार्यकर्ता संलग्न भएको भन्दै जाहेरी परेको थियो। जाहेरीपछि लामासहित सुनकोशी गाउँपालिकाका अमर लामा, दिनेश थापा र उमेश खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

वैशाख २६ गते काभ्रेको पाँचखाल जाँदै गर्दा सुकुटेबाट अपहरणमा परेका थिए। 

लामासहित १५ जनाले अपहरण गरेर आँखामा पट्टी बाँधेर लगेका थिए। अपहरणमा पर्दा आफ्नो ९७ हजार रुपैयाँ पनि लुटिएको कार्कीको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .