ad ad

अपराध


झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

नेपालखबर
साउन २२, २०७९ आइतबार १९:३४, काठमाडौँ

खातामा पर्याप्त रकम नहुँदा पनि चेक दिएर बाउन्स भएपछि फरार रहेकी एक अभियुक्तलाई घर नजिकैको झाडीमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। 

आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि तीन लाख रुपैयाँको चेक दिई चेक बाउन्स भएपछि उजुरी परेको आधारमा प्रहरीले ती अभियुक्तको खोजी गरेको थियो।

पीडित पक्षको उजुरीपछि कास्की प्रहरीले बागलुङको ताराखोला गाउँपालिका-१ स्थायी घर भइ पोखरा महानगरपालिका-२ मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो। 

उनलाई कास्कीकै अन्नपूर्ण गाउँपालिका-८ वीरेठाँटीस्थित नियालो घारीमा लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो। 

पुनलाई उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रकृया अगाडि कास्की प्रहरीले जनाएको छ

उनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाइदिने भन्दै रकम लिएर ठगी गरेको समाचार आएको  थियो। प्रहरीले पीडितहरुलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सम्पर्क राख्न पनि भनेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .