सामाजिक सञ्जालमा नक्कली पार्श्वचित्र बनाई लाइभ स्ट्रिमिङ मार्फत आपत्तिजनक अश्लीलता प्रदर्शन गरी महिलालाई हैरानी दिएकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमी नगरपालिका–३, टाँकु बस्ने वर्ष २९ को मोहन कुँवर रहेका छन्।
कुँवरलाई ईलाका प्रहरी कार्यालय गोरुसिङेको सहयोगमा साइबर ब्यूरोले पक्राउ गरेको हो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
साउन २२, २०७९, आइतबार
60
Shares
प्रतिक्रिया