ad ad

अपराध


सुनिताका माइती पक्षले शव उठाउन दिएनन्, घटनास्थलमा नाराबाजी

सुनिताका माइती पक्षले शव उठाउन दिएनन्, घटनास्थलमा नाराबाजी

नेपालखबर
साउन १६, २०७९ सोमबार १५:४३, काठमाडौँ

परिवारै सखाप भएको काभ्रेस्थली घटनामा मृतक सुनिताका माइती पक्षले शव उठाउन दिएका छैनन्। 

दुई छोरा छोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले अरुको पनि सहयोगमा परिवारको हत्या गरेको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नदिएका हुन्।

उनीहरुले घटनाको छानबिन हुनुपर्ने बताएका छन्।

अहिले घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका छन्। अवस्था तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ। 

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा घर झगडाले परिवारै सखाप भएको हो। 

४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र ८ वर्षीय छोरा आशिक सोमबार बिहान घरभित्रै मृत भेटिएका हुन्। 

दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका भेटिएका थिए भने अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए। 

प्रहरीका अुनसार दिनेश पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .