तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिनेश पाण्डे परिवार नै सखाप भएको घरभित्र चार पेज लामो सुसाइड नोट भेटिएको छ।
पाण्डेले पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनी झुन्डिएकै कोठाबाट चार पेज लामो सुसाइड नोट भेटिएको महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए।
बेलायत जान भिसा लागिसकेको थियो सुनिताको, घर झगडाले परिवार नै सकियो
ती अधिकारी अनुसार अहिले सुसाइड नोट अध्ययन भइरहेको छ। घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खाटमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि चक्कु हानेका थिए।
काभ्रेस्थली घटना : दुई छोराछोरी र पत्नीमाथि चक्कु हानेपछि झुन्डिए दिनेश
तीनैजनाको चक्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृत फेला परेका थिए।
Shares

प्रतिक्रिया