ad ad

अपराध


काठमाडौंमा एकै परिवारका चारजना मृत फेला

काठमाडौंमा एकै परिवारका चारजना मृत फेला

सांकेतिक तस्बिर


नेपालखबर
साउन १६, २०७९ सोमबार १३:९, काठमाडौँ

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्।

काठमाडौंका प्रहरी प्रमुख भरत बोहोराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्। 

उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र  छोराछोरी  मृत फेला परेका हुन्। मृत फेला पर्नेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका  पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्। 

अहिले उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .