अपराध


बाँकेमा दम्पती मृत फेला, हत्याको आशंका

बाँकेमा दम्पती मृत फेला, हत्याको आशंका

घटनास्थल


नेपालखबर
साउन १०, २०७९ मंगलबार ७:५०, काठमाडौँ

बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान दम्पती मृत फेला परेका छन्। 

प्रहरीका अनुसार पत्नी मञ्जु गडरिया घरभित्र र पति कृष्ण गडरिया घर बाहिर मृत भेटिएका हुन्। 

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

‘चुँडिएको डोरी भेटिएको छ, घटनास्थल रगताम्य देखिएको छ, संघर्ष गरेको देखिन्छ’, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले मंगलबार बिहान नेपालखबरसँग भने, ‘उनीहरूको हत्या भएको देखिन्छ।’ 

मृतक दम्पतीको शरीरमा चोट देखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .