ad ad

अपराध


किशोरीलाई ब्ल्याकमेल गरेर जबर्जस्ती करणीको प्रयास गर्ने दुई जना पक्राउ

किशोरीलाई ब्ल्याकमेल गरेर जबर्जस्ती करणीको प्रयास गर्ने दुई जना पक्राउ

सुदीप भण्डारी
साउन ९, २०७९ सोमबार २०:१३, बुटवल

रुपन्देहीमा १९ वर्षीया किशोरीलाई ब्ल्याकमेल गरेर जबर्जस्ती करणीको प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्लाको गैडहवा गाउँपालिका ९ का २० वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई सैनामैना नगरपालिका वडा नं ७ देउवापारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।  

घटना विवरण अनुसार एक डेढ वर्षअघि मोबाइलमा खिचेका व्यक्तिगत तस्वीर केआई एलजी नामको फेसबुक आईडी चलाउने अपरिचित व्यक्तिले फेला पारेका थिए। ति व्यक्तिले फोटोहरु युवतीको बहिनी नाता पर्नेलाई पठाएर तेरो दिदीको बेइज्जत गरिदिन्छु फोटो भाइरल गराइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार युवती डराएर सो अपरिचित व्यक्तिलाई आफ्नो नम्बर दिन्छिन्। ती व्यक्तिले पटकपटक फोन गरी भेट्न आउने भए आउ नत्र फोटो भाइरल गराइदिन्छु भनि डर धम्कि दिएपछि युवती साउन ७ गते साँझ भेट्न जान्छिन्।

भेट्न जाँदा बारम्बार ब्ल्याकमेलिङ गर्ने दुई जना भेटिन्छन् र फोटो डिलिट गरिदिन युवतीले बारम्बार अनुरोध गर्छिन्। तर उनीहरुले युवतीलाई आफूसँग हिँड्न आग्रह गरेर अटो चढाई डेढ दुई किलोमिटर तल कञ्चन गाउँपालिकाको हात्तीबजार भन्ने ठाउँमा लैजान्छन्।

त्यहाँ लगेर युवकहरूले आफूले भनेको नमाने फोटो डिलिट गर्दैनौँ भन्दै जबर्जस्ती करणी गर्न खोज्छन्।

युवती होहल्ला गर्दै भागेर मूल सडकमा निस्किन्छिन् र राति ११ बजे एकान्तमा रुँदै बस्छिन्।

त्यसै बेला उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले भेटाउँछ। घटनाको विवरण सुनेपछि प्रहरीले अनुसन्धानको गर्दै जाँदा जगन्नाथ मल्लाह र १७ वर्षे किशोरलाई फेला पार्दछ।

उनीहरुबाट ब्ल्याकमेलिङमा प्रयोग भएको रेडमी स्मार्टफोन बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जबर्जस्ती करणी उद्योग कसुर अन्तरगत म्याद थप भइ थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .