बैंकिङ कसुर गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको मनहरा, कागेश्वरी बस्ने वर्ष ५२ को नेमा मेन्जन लामा रहेका छन्।
लामाविरुद्ध बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरको गत जेठ ३१ गतेको फैसलाले सात लाख जरिवाना, दुई दिन कैद र २८ हजार क्षतीपूर्ती शुल्क भराउने फैसला गरेको थियो ।
फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा, जावलाखेलबाट खटिएको प्रहरी टोलीले पेप्सीकोलामा फेला पारी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
285
Shares
प्रतिक्रिया