झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ वर्षीया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ बर्षीय सुरेश परियार रहेका छन्।
असार १२ गते ह्युम पाइपभित्र सेतो बोरामा अन्दाजी ४० वर्षीय पुरुष मानिसको शव दुर्गन्धित अवस्थामा फेला परेसँगै घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतीय आधारकार्डको आधारमा भारत अहमदाबाद गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइ रहेको भन्ने खुल्न आएको छ।
हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया