कैलाली जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद, १५ हजार रुपैयाँ जरिवाना र ६५ लाख क्षतिपूर्ति तिर्न आदेश दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भइ हाल काभ्रेको बनेपा–७ बस्ने अमरबहादुर खड्का रहेका छन्।
पूर्णकाजी मानन्धरको जाहेरीले खड्कालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा कैलाली जिल्ला अदालतको मिति २०७८ चैत ८ गतेको फैसलाले सो सजाय तोकेकोमा उनी हालसम्म फरार थिए।
खड्काको खोजतलास गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प अगाडि फेला पारी पक्राउ गरेको हो।
उनलाई फैसला कार्यन्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
111
Shares
प्रतिक्रिया