ad ad

अपराध


बुद्धनगरको केएमसी स्कुलमा मृत भेटिएकी कर्मचारीका आफन्तले शव बुझ्न मानेनन्

हत्याको आशंका
बुद्धनगरको केएमसी स्कुलमा मृत भेटिएकी कर्मचारीका आफन्तले शव बुझ्न मानेनन्

केएमसी स्कुलमा घटनाका दिन शनिबार बेलुका परिचालित प्रहरी। तस्बिर : उजिर कार्की/नेपालखबर


नेपालखबर
असार १९, २०७९ आइतबार ७:४०, काठमाडौँ

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी त्यहाँकी कर्मचारीका आफन्तले हत्याको आशंका गरेका छन्। शव उठाउन मानेका छैनन्। 

प्रहरीका अनुसार केएमसी स्कुलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। 

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार रायमाझी स्कुलभित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। 

एसपी मैनालीले भने, ‘स्कुलको ग्राउन्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी हुन्।’

उनका आफन्तले भने उनको हत्या भएको आशंका गर्दै शव उठाउन दिएका छैनन्। 

केएमसी स्कुलमा घटनाका दिन शनिबार रातभर तनाव भयो।

अहिले पनि त्यहाँ ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन एसपी मैनालीले आइतबार बिहान नेपालखबरलाई जानकारी दिए। 

रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत थिइन्।

हरेक दिन बिहान ७ बजे स्कुल गएर साँझ ७ बजे फर्किने गरेकी उनी शनिबार साँझ साढे ७ बजेसम्म पनि कोठामा नआएपछि परिवारले खोजी गरेका थिए। त्यस क्रममा उनी आफू कार्यरत विद्यालयकै होस्टेलभित्र मृत भेटिएकी हुन्। 

शनिबार बेलुका नै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मृतक परिवारकी जेठी छोरी हुन्। उनका ३ बहिनी र १ जना दाइ छन्। आमाबुबा गाउँमै खेतिपाती गरेर बसेका छन्।

घटनापछि विद्यालयले गल्स होस्टेललका छात्रालाई ब्वाइज होस्टेलमा सारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .