गृहमन्त्री बालकृष्ण खाणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युबारे अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिएका छन्।
यही असार २ गते कोभिड–१९ को खोपसहितको सामग्रीसहित हिँडेकी धामी सामुदायिक वन नजिकको खोल्सामा असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनले प्रयोग गर्ने मोबाइल घटनास्थल केही पर फेला परेको थियो। उक्त घटना के कसरी भएको हो भन्ने विषयमा खोजी भइरहेको उनले बताए।
यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। गृहमन्त्री खाणले डीएनए परीक्षण गरेर नै अनुसन्धान जारी राखिएको बताए। रासस
57
Shares
प्रतिक्रिया