ad ad

कार


६ महिनामै मारुती सुजुकीले बेच्यो २ लाख बढी बीएस६ रेन्जका सवारीसाधन

६ महिनामै मारुती सुजुकीले बेच्यो २ लाख बढी बीएस६ रेन्जका सवारीसाधन

नेपालखबर
असोज १७, २०७६ शुक्रबार ११:२७,

मारुती सुजुकी भारतले सवारीसाधन बिक्रीमा कोशेढुंगा पार गरेको छ। छ महिनामै बीएस६ (भारत स्टेज सिक्स) सवारीसाधन दुई लाखभन्दा बढी संख्यामा बिक्री गरेको हो।

कम्पनीले पहिलो बीएस६ भेहिकल, मारुती सुजुकी बालेनो फेसलिफ्ट यो वर्षको सुरुतिर सार्वजनिक गरेको थियो। अप्रिलमा यो गाडी ल्याएको कम्पनीले सोही महिनामा बीएस६ अल्टो ८०० सार्वजनिक गरेको थियो। दुवै कार भारतमा बिक्रीमा गएको थियो।

अहिले कम्पनीसँग आठवटा बीएस६ कम्प्लिएन्ट पेट्रोल भेहिकल रहेका छन्। यसमा वागन आर (१.२ लिटर), स्विफ्ट, डिजायर, आर्टिगा, एक्सएल६ र नयाँ सार्वजनिक भएको एस–प्रेसो रहेका छन्। मारुती सुजुकीको बीएस६ लाइनअपमा चारवटा पेट्रोल इन्जिनका आठ सय सीसी, थ्रि सिलिन्डर युनिट, १.० लिटर थ्रि सिलिन्डर मोटर, १.२ लिटरको फोर सिलिन्डर इन्जिन र नयाँ १.५ लिटर के१५ फोर सिलिन्डर पेट्रोल मिल रहन्छन्।

बीएस६ कम्प्लिएन्ट पेट्रोल इन्जिनले २५ प्रतिशत नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .