ad ad

कार


मारुती सुजुकी एस–प्रेसो भारतीय बजारमा सार्वजनिक, कस्तो छ फिचर?

मारुती सुजुकी एस–प्रेसो भारतीय बजारमा सार्वजनिक, कस्तो छ फिचर?

नेपालखबर
असोज १४, २०७६ मंगलबार ८:२२,

सवारीसाधन निर्माता मारुती सुजुकीले एस–प्रेसो गाडी भारतमा सार्वजनिक गरेको छ। भारतीय बजारमा यसको सुरुवाती मूल्य ३ लाख ६९ हजार भारु राखिएको छ।

मारुती एस–प्रेसोलाई मिनि एसयूभीका रुपमा समेत लिइएको छ। मारुतीको फ्युचर एस कन्सेप्टमा आधारित यो गाडी सन् २०१८ को अटो एक्स्पोमा शोकेस गरिएको थियो। पर्याप्त ग्राउन्ड क्लियरेन्स, बोल्ड डिजाइनले एसयूभीमा जस्तै फिचरहरु समावेश गरेको छ।

मुख्य ६ भेरिएन्टमा उपलब्ध यो गाडीको सुरुवाती मूल्य ३ लाख ६९ हजार र अन्तिम मूल्य ४ लाख ९१ हजार भारु पर्ने बताइएको छ।

१ लिटर पेट्रोल इन्जिन, ५५ सय आरपीएममा ६७ बीएचपी र ३५ सय आरपीएममा ९० एनएम टर्क क्षमता यो गाडीले दिन सक्छ। फाइभस्पिड गियरबक्स यो गाडीमा रहेको छ।

त्यस्तै मारुतीको स्मार्टप्ले टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटीजस्ता इन्टेरियर फिचरहरु समेत यसमा रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .