ad ad

कार


मारुती सुजुकीले घटायो विभिन्न कारको मूल्य, कुन–कुन कारमा लागू हुने?

मारुती सुजुकीले घटायो विभिन्न कारको मूल्य, कुन–कुन कारमा लागू हुने?

नेपालखबर
असोज ८, २०७६ बुधबार १०:४,

भारतकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले चाडपर्व आउनैलाग्दा मूल्य घटाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिक्री बढाउने योजनाअनुसार कम्पनीले ग्राहकलाई फाइदा हुने गरी कारको मूल्य घटाएको हो।

कम्पनीका अनुसार मारुती सुजुकीले आफ्नो १०वटा चर्चित कारको शोरुम मूल्यमा ५ हजार भारुसम्म कम गर्ने निर्णय गरेको छ। यो सूचीमा मारुती सुजुकी अल्टो ८००, अल्टो के१०, स्विफ्ट डिजल, सेलेरियो, बलेनो डिजल, इग्निस, डिजायर डिजल, टुर एस डिजल, भिटारा ब्रेजा र एस क्रसका सबै भेरिएन्टहरु समावेश छन्। देशैभरका सबै डिलरशिपमा नयाँ मूल्य आजैबाट लागू भएको बताइएको छ।

अर्थमन्त्री निर्मला सीतारमनले कर्पोरेट करको दर घटाएको केही दिनपछि नै कम्पनीले आफ्ना उत्पादनको मूल्य घटाएको हो। घटेको मूल्य अहिलेलाई कारको रेन्जअनुसार उपलब्ध गराइने अफरबाहेक दिइनेछ। तर कम्पनीले बलेनो र डिजायरको पेट्रोल भेरिएन्टमा भने मूल्य घटाएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .