ad ad

कार


नेपालमा अत्यधिक रुचाइएको फक्सवागन पोलो नयाँ स्वरुपमा

नेपालमा अत्यधिक रुचाइएको फक्सवागन पोलो नयाँ स्वरुपमा

नेपालखबर
भदौ २०, २०७६ शुक्रबार १२:३२,

फक्सवागन ब्राण्डको गाडीहरुमा सबैभन्दा नेपालमा रुचाईको पोलोको नयाँ भर्सन बजारमा सार्वजनिक भएको छ। भारतीय बजारमा ह्याचब्याक पोलो गाडी सार्वजनिक भएको हो।

त्यस्तैगरी फक्सवागनकै सेडान कार भेन्टोको फेसलिफ्ट भर्सन लन्च पनि सार्वजनिक भएको छ। कम्पनीले यो दुवै कारको लुकमा केही परिवर्तन भएको कम्पनीले जनाएको छ। मूल्यमा खासै फरक नगरिएको कम्पनीले जनाएको छ।

नयाँ फेसलिफ्ट पोलो र भेन्टोको फ्रन्टमा फक्सवागन जीटीआई जस्ता फ्रन्ट बम्पर, हनीकम्ब मेस ग्रिल र एयरड्यामको फिचर समावेश गरिएको छ। यसको साथै रियरमा नयाँ स्मोक्ड टेल ल्याम्प र नयाँ स्टाइलको रियर बम्पर समावेश गरिएको छ।

पोलोमा १.० लिटरको पेट्रोल इन्जिन समावेश गरिएको छ जसले ७६ पीएसको पावर र ९५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ । जबकि यसको १.२ लिटरको फोर सिलिन्डर पेट्रोल टर्बो इन्जिनले १०४ पीएसको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ। यसको डिजेल भेरिएन्टमा १.५ लिटरको इन्जिन समावेश गरिएको छ जसले १०८ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ।

भेन्टोमा हाल उपलब्ध मोडलमा जस्तै १।२ लिटरको फोर सिलिन्डर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको । जसले १०४ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ। साथै यसमा १।६ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिनको विकल्प पनि रहेको छ। जसले १०३ बीएचपीको पावर र १५३ एनएमको टर्क जेनेरेट गर्छ।

भारतिय बजारमा सार्वजनिक भैसकको उक्त दुबै गाडी रङ सनसेट रेड र रेड कलर अप्सन मात्र रहेको कम्पनीले जनाएको छ। भारतिय बजारमा पोलोको नयाँ कारको ५ लाख ८२ हजार भारु रहेको छ। भेन्टोको शुरुवाती मूल्य ८ लाख ७६ हजार भारु तोकिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .