ad ad

कार


झण्डै एक अर्ब पर्ने बुगाटीको नयाँ कारः १० वटा मात्रै बन्ने, सबै बुकिङ !

झण्डै एक अर्ब पर्ने बुगाटीको नयाँ कारः १० वटा मात्रै बन्ने, सबै बुकिङ !

नेपालखबर
भदौ १९, २०७६ बिहिबार ६:३८,

चर्चित कार निर्माता बुगाटीले पछिल्लो सीमित संस्करणको मोडलका कारहरु केवल १० वटा मात्रै उत्पादन गर्ने भएको छ । गत शुक्रबार अमेरिकी राज्य क्यालिफोर्नियामा भएको क्लासिक कार शोमा उक्त मोडलका कार अनावरण गरेको कम्पनीले कारको मूल्य भने ९० लाख डलर पर्ने जनाएको छ । ९० लाख डलर भनेको हिजोआजको डलर भाउअनुसार विनिमय हुँदा झण्डै नेपाली एक अर्ब रुपैयाँ हो।

द बुगाटी सेन्टोडाइसी मोडलको कार ९० को दशकको सुरुतिर आएको ईबी११० सुपरकारजस्तै भएको बताइएको छ । सेन्टोडाइसीको अर्थ इटालियन भाषामा ११० भन्ने हुन्छ । ईबी११० मोडल इटालीको मोटर भ्यालीमा बनाइएको थियो । जुन ल्याम्बोर्घिनी, फेरारी र मासेराटिस बनेको स्थानभन्दा धेरै पर होइन । बुगाटी ब्रान्डलाई अझै प्रवद्र्धन गर्ने प्रयासका रुपमा यसलाई हेरिएको सीएनएनले जनाएको छ । सन् १९५० यता यो ब्रान्डको प्रभुत्व देखिएको थियो । यद्यपि द सेन्टोडाइसी डिजाइनले थोरै मात्र ईबी११० को डिजाइन सम्झाउने र यसको बाहिरी आवरण आक्रामक बनाउने कम्पनीले जनाएको छ ।

bugati centodieci car

व्यवसाय असफल भए पनि बुगाटीले निर्माण गरेको अटोमोबाइललाई अझै पनि अहिलेसम्म बनेका ठूला सुपरकारहरुको रुपमा लिइन्छ । ईबी११० को प्रोटोटाइप (खाका) को डिजाइन भने कार्लो गान्डिनीले गरेका हु । गान्डिनी तिनै व्यक्ति हु जसले ल्याम्बोर्घिनी काउन्ट्याकको पनि डिजाइन गरेका थिए । उक्त कारको अन्तिम भर्सनको डिजाइन भने गियाम्पाओलो बेनेडिनीले गरेका हुन् । सन् १९९८ मा बुगाटी ब्रान्ड फक्सवागन ग्रुपले खरिद गरेको थियो । त्यसयता आधुनिक उत्पादन भने बुगाटीको प्राचीन थलो फ्रान्सको मोल्शेममा भएको थियो । बुगाटीले अहिले द्रुतगतिको कार उत्पादन गर्ने गरेको छ । यी कारहरु अत्यन्तै महंगा रहेका छन् ।

उक्त समयमा बुगाटीले ब्रान्डको एउटै मात्र कार उत्पादन गरेको थियो । पछि सन् २००५ देखि २०१५ सम्म द भेर्योन धेरै परिवर्तन सुधार गरी कारलाई पुनर्जीवन दिइएको थियो । सन् २०१६ मा बुगाटीले द चिरन नामको कार उत्पादन गरेको थियो । जुन हाँक्न निकै सजिलो थियो । १६ सिलिन्डरको इन्जिनयुक्त यो कारमा पछाडि दुईवटा सिट मात्रै थिए । बुगाटी भेर्योनको लागत १५ लाख डलर थियो भने द चिरनको ३० लाख डलरभन्दा धेरै थियो । द सेन्टोडाइसी बुगाटीको पछिल्लो प्रयास हो ।

गत वर्षको मोन्टेरे कार विकमा कम्पनीले ४० वटा बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यस्तै मार्चमा भएको जेनेभा मोटर शोमा बुगाटीले एउटामात्रै विशेष कार निर्माण गर्ने जनाएको छ । झण्डै १ करोड ९० लाख डलरको कार जुन करसहित रहेको छ, ला भोइचर नोइरेलाई बुगाटीले अहिलेसम्म बिक्री भएको उच्च मूल्यको कार दाबी गर्दै आएको छ । तर उक्त कार खरिदकर्ताको बुगाटीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

द सेन्टोडाइसी कार द चिरनभन्दा केही कम तौलको हुने कम्पनीले जनाएको छ । १६ सय हर्सपावरको यो कार ईबी११० को आकारमा निर्माण हुनेछ । १० वटा निर्माण गर्ने घोषणा गरेको यो कार बन्नुअघि नै बिक्री भइसकेको छ । सीएनएनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .