ad ad

कार


जिपको क्षमता परीक्षण गर्न ‘क्याम्प जिप’

जिपको क्षमता परीक्षण गर्न ‘क्याम्प जिप’

नेपालखबर
भदौ १२, २०७६ बिहिबार १४:१५,

ऐतिहासिक विरासत बोकेको अमेरिकी एसयुभीमेकर जिपले आफ्ना एसयुभीहरुको क्षमता परीक्षण (क्यापाबिलिटी टेस्ट)गर्न चारदिने क्याम्प जिपको सुरुवात गरेको छ।

नेपालका लागि जिपको आधिकारिक वितर एमएडब्लु लाइफले बिहीबार क्याम्प जिपमा अटो मिडियाकर्मी र ‘एसयुभी इन्थुजियास्ट’हरुलाई आमन्त्रण गरेको थियो जसमा उनीहरुले काठमाडौं, बग्गीखानास्थित साल्ट ट्रेडिङमा बनाइएको कृत्रिम अफरोड ट्रायलमा भर्खरै सार्वजनिक भएको जिप कम्पास ट्रायलहक र जिप कम्पास लिमिटेड प्लसको क्षमता परीक्षण गरे।

यो कृत्रिम अफरोड ट्रायलमा जिपको क्षमता जाँच्न रक क्लाइम्बिङ, आर्टिकुलेसन, म्यानुराबिलिटी, ठाडो उकालो र ओरालो र बलौटे अवरोधहरु राखिएका थिए। एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले आफैंले यी ट्रायलमा जिप कम्पास ट्रायलहक हाँकेर क्याम्प जिपको उद्घाटन गरेका थिए।

एक वर्षअघि औपचारिक रुपमा नेपाल भित्रिएर १० भेरियन्टको कम्पास लन्च गरेको थियो। यो अवधिमा दुई सयभन्दा बढी जिप एसयुभीहरु नेपालमा विक्री भइसकेका छन्।

एमएडब्लु लाइफले केही दिनअघि मात्र जिप कम्पास ट्रायलहक सार्वजनिक गरेको थियो। नयाँ अल ह्विल ड्राइभ (एडब्लुडी) ट्रालयहकमा बीएस६ इन्जिन, सुध्रित ट्रान्समिसन, फ्युल इफिसेन्सी, सुपरेरियर अफरोड क्यापालिबटी र मल्टि टेरेन मोड रहेको छ। जिप कम्पासमा २.० लिटरको टर्बोचाज्र्ड डिजेल इन्जिन राखिएको छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ। ९ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको यो एसयुभीमा अटो, स्नो, मड र स्यान्ड मोडसहित नयाँ रक मोड थपिएका आएको छ। नेपालमा जिप कम्पासको मूल्य एक रकोड २४ लाख ९० हजार तोकिएको छ।

एमएडब्लु लाइफले केही महिनाअघि मात्र आफ्नो फुल्ली लोडेड कम्पास लिमिटेड प्लस सार्वजनिक गरेको थियो। जुन पेट्रोल र डिजेलतर्फ टु ह्विल ड्राइभ अटोमेटिक, र डिजेलतर्फ फोर ह्विल ड्राइभ म्यानुअलमा उपलब्ध छ। यसको मूल्य ९७ लाख ९० हजार रुपैयाँदेखि एक करोड पाँच लाख ९० हजार रुपैयाँसम्म रहेको छ।

क्याम्प जिप आउँदो १५ भदौसम्म काठमाडौं बग्गीखानामा सञ्चालन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .