ad ad

कार


निसान किक्स एक्सभी प्रिमियम अप्सनमा

निसान किक्स एक्सभी प्रिमियम अप्सनमा

नेपालखबर
भदौ ११, २०७६ बुधबार १२:३३,

निसान किक्स द इन्टेलिजेन्ट एसयूभीको नयाँ उच्चस्तरीय द एक्सभी प्रिमियम अप्सनमा सार्वजनिक गरिएको छ। जसमा १.५ लिटर डिजेल इन्जिन रहेको कम्पनीले जनाएको छ।

यस एक्सभी प्रिमियम अप्सनमा चार क्यामेराको सहायताले चालकलाई रियर भ्यु, साइड भ्यु, अगाडि भ्यु र बर्ड भ्यु मिल्नुका साथै गाडी वरिपरिको ३६० डिग्री दृश्य एउटै स्क्रिनमा हेर्न सकिने जनाइएको छ।
यसको विशेषताहरुमा लेदर सिट, फग ल्याम्प, रेन सेन्सिङ वाइपर, होम हेडल्याम्प, स्टोरेज ल्याम्प, रियर फग ल्याम्प र साइड एयरब्याग हुनुका साथै यो टप ग्रेड अरु साधारणतयाः पाइने विभिन्न ७ रंग बाहेक अरु ४ ड्युल टोलमा पनि उपलब्ध छ।

निसान किक्समा पहिले नै सुधारिएको विशेषताहरु अटोमेटिक क्लाइमेट कन्ट्रोल, ८ ए–आईभीआई टचस्क्रिन, स्मार्टफोन कनेक्टिभिटी, अटोमेटिक एलईडी प्रोजेक्टर हेडल्याम्प, एबीएस, ईबीडी र ईबीडी एण्ड ब्रेकिङ असिस्टेन्स, अलोय ह्विल्सका साथै उच्च ग्राउन्ड क्लिरियन्स रहेका छन्।

यसमा रहेका विशेषताहरुले निसान किक्स एक आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको उपयुक्त मिश्रण हो। यस निसान किक्सको आयात र बजार व्यवस्थापन निसान मोटरको लागी नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .