ad ad

कार


स्याङयोङ मोटर्सले ल्यायो ‘माइन्ड ब्लोइङ’ अफर

स्याङयोङ मोटर्सले ल्यायो ‘माइन्ड ब्लोइङ’ अफर

नेपालखबर
भदौ १०, २०७६ मंगलबार १६:३१,

स्याङयोङ मोटर्सले नाडा अटो शोमा अधिकतम छुटका साथ ‘माइन्ड ब्लोइङ’ अफर ल्याएको जनाएको छ । भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा कम्पनीको स्टल नं. एच १४ रहेको छ ।

नाडा प्रदर्शनी २०१९ मा कम्पनीले मुसो ग्राण्ड प्रदर्शनीमा राखिएकोे जनाएको छ । यसको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् । आकर्षक मूल्य र उपयोगिताको हिसाबले मांसपेसी स्पोर्ट युटिलिटी ट्रकको आफ्नै विशेषता रहेको कम्पनीले बताएको छ ।
नेपालको लागि आईएमएस ग्रुपअन्तर्गत स्याङयोङको एकल वितरक आईएमएस मोटर्सको ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी एसयूभी ल्याएको छ। यसमा रेक्स्टन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्ट र द लेटेस्ट सुट, मुसो छ । यो अफरअन्तर्गत कम्पनीले आफ्नो ग्राहकरुलाई अत्यधिक छुट दिने भएको छ । कोरियन लक्जरी एसयूभीमा कम्पनीले भर्खरै मार्केटमा आएको सामसुङ ग्यालेक्सी नोट १० अफर गर्नेछ ।

रेक्स्टन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्टयोन स्पोर्ट मोडलको गाडी खरिदमा यो अफर लागू गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसँग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । ती ग्राहकहरुलाई तत्काल बेस्ट स्पोर्ट एक्सचेन्ज सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ ।

साथै कम्पनीले एक वर्षको बीमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग, तीन वर्षको वारेन्टी, मासिक सरल किस्ता, उचित ब्याजदर र २५ हजार रुपैयाँसम्मको सामान दिने बताएको छ । मुसो ग्रान्डको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .