ad ad

कार


मर्सिडिज बेन्जले कारहरुमा ‘लोकेसन ट्रयाकिङ’ सेन्सर प्रयोग गर्ने

मर्सिडिज बेन्जले कारहरुमा ‘लोकेसन ट्रयाकिङ’ सेन्सर प्रयोग गर्ने

नेपालखबर
भदौ ८, २०७६ आइतबार १०:४३,

कार निर्माता कम्पनी मर्सिडिज बेन्जले कार पुनर्स्वामित्वका लागि लोकेसन ट्रयाकिङ सेन्सर जडान गर्ने भएको छ। कम्पनीले ऋणमा कार खरिद गर्ने ग्राहकले समयमै पैसा तिरुन् भन्ने उद्देश्यले यस प्रकारको अस्वाभाविक प्रकृतिको योजना बनाएको हो।

द सनका अनुसार कम्पनीले यसका लागि प्रयोग भइरहेका र नयाँ सवारीसाधनमा भित्र सेन्सर जडान गर्नेछ, जसले उक्त सवारीसाधन कहाँ छ भन्ने सूचना दिन्छ। उक्त सूचना ब्यालिफ र थर्डपार्टी रिकभरी फर्ममा पुग्छ। यद्यपि डायम्लर एजीको स्वामित्वमा रहेको मर्सिडिज बेन्जले भने सेन्सरबारे खुलाएर केही भनिसकेको छैन।

तर कम्पनीले विरलै परिस्थितिमा मात्रै यसरी ट्रयाक गरिने जनाएको छ। मर्सिडिज बेन्जका वित्तीय सेवाअन्तर्गत ग्राहकले कार फाइनान्स गर्ने सहमति गरेपछि मात्रै यस्तो सेन्सर जडान हुनेछ। मर्सिडिज बेन्जका प्रवक्ताका अनुसार यो अवस्थामा ग्राहकसँग सुरुमा सम्झौता हुनेछ। सोहीअनुसार ग्राहकले वित्तीय सहमति उल्लंघन गर्दा कारको ‘लोकेसन ट्रयाक’ हुनेछ।

कम्पनीले पुनस्र्वामित्वको प्रक्रिया र लोकेसन ट्रयाकबारे ग्राहकलाई अवगत गराउनेछ। वित्तीय सहमति पालना नगरी कम्पनीले कार फिर्ता माग्दा पनि नदिए त्यस्तो अवस्थामा मात्रै लोकेसन ट्रयाक हुनेछ।
तर कम्पनीको यस्तो योजनालाई कतिपयले भने अनावश्यक निगरानी हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। पीसीम्यागबाट अनुदित।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .