ad ad

कार


सुजुकी एक्सएल६ भारतीय बजारमा

सुजुकी एक्सएल६ भारतीय बजारमा

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:४,

 मारुती सुजुकी एक्सएल ६ भारतीय बजारमा सार्वजनिक भएको छ। यस नयाँ गाडीमा स्मार्टप्ले स्टुडियो इन्फोटेनमेन्ट सिष्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस बटन, स्टार्ट स्टपका साथ किलेस इन्ट्री र रियर एसी भेन्ट्स जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ।

यसको ड्युअल फ्रन्ट एयरब्याग, ईबीडीका र एबीएस, आइसोफिक्स चाइल्ड सिट माउन्ट, रियर पार्किङ सेन्सर, सिटबेल्ट रिमाइन्डर र हाईस्पिड वार्निङ अलर्ट जस्ता फिचर रहेका छन् । अटोमेटिक भेरिएन्टमा हिल होल्ड फङसनका साथ इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल (ईएससी) रहेको कम्पनीले बताएको छ ।

यसमा १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिन रहेको भने, १०३ एचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्न सक्ने क्षमता रहेको छ ।५–स्पिड म्यानुअल र ४–स्पिड अटोमेटिक गियरबक्स अप्सन रहेको छ।

यसको बीएस ६ एमिसन नर्म्स रहेको छ। ६ सिटर प्रिमियम एमपीभी भएको यसमा अहिले पेट्रोल इन्जिनका साथ मात्र बजारमा ल्याइएको छ।

एक्सएल६ मा एलईडी हेडलाइट, एलईडी डीआरएल, नयाँ सुरुपमा बोनट र नयाँ ग्रिल र ठूलो ग्रिल र प्लाष्टिक क्लयाडिङ रहेको छ। ग्रिलको बीचमा लामो क्रोमपट्टि उपलब्ध रहेको छ। यसको मूल्य नौ लाख ७९ हजार भारतीय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .