ad ad

कार


हुन्डाईको भेन्यु बिहीबार नेपालमा सार्वजनिक हुने, सुरुवाती मूल्य ३८ लाख

हुन्डाईको भेन्यु बिहीबार नेपालमा सार्वजनिक हुने, सुरुवाती मूल्य ३८ लाख

नेपालखबर
भदौ ४, २०७६ बुधबार १०:२३,

भारतीय बजारमा छोटो समयमै सर्वाधिक चर्चा बटुलेको हुन्डाईको नयाँ भेन्यु कार नेपालमा भोलि बिहीबार सार्वजनिक हुँदै छ। कम्पनीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बजारमा सार्वजनिक गर्नलागेको हो।

भारतमा गत मे २१ मा सार्वजनिक गरिएको यो कार छोटो अवधिमै ४५ हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ। भारतीय बजारमा जुन महिनाभित्रै ८ हजार ७ सयभन्दा धेरै बिक्री भएको यो कारको नेपालमा सुरुवाती मूल्य ३८ लाख पर्ने कम्पनी स्रोतले जनाएको छ। यद्यपि यसकाे भेरिएन्ट र मूल्यबारे भाेलि नै लक्ष्मी इन्टरकन्टिनेन्टलले खुलाउनेछ।

भारतमा ५५ प्रतिशत ग्राहकले ब्लुलिंक भएको भेरिएन्टलाई बुकिङ गरेका छन्। १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क क्षमता रहेको छ।

१.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क  क्षमता रहेकाे छ । यसमा ५ स्पीड मेनुअल र १.० लिटर ३ सिलिन्टर टर्बो चार्ज हुने पेट्रोल इन्जिन सुविधा रहेको छ। यसमा १२० एचपी पावर र १७२ एनएम टर्क ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .