ad ad

कार


हुन्डाई ग्रान्ड आई १० नियोस सार्वजनिक

हुन्डाई ग्रान्ड आई १० नियोस सार्वजनिक

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १२:११,

हुन्डाई ग्रान्ड आई १० नियोस भारतीय बजारमा सार्वजनिक भएको छ। ग्रान्ड आई१० नियोस फ्रन्टमा प्रोजेक्टरमा लामो स्वेप्टब्याक हेडल्याम्प, क्यासकेडिङ ग्रिल र भी आकारको एलईडी डीआरएल रहेको छ।

यस्तै एक्सटेरियरलाई स्पोर्टी र फन्की रहेको छ भने नयाँ हेडल्याम्प, क्यासकेडिङ ग्रिलले बनाइएको कम्पनीले बताएको छ। यसमा मेसिन कट अलोय ह्विल लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको रहेको छ।

ग्रान्ड आई१० नियोसको इन्टेरियर ड्युअल कलरमा रहको छ। यसको एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, थ्री स्पोक मल्टी फंक्सनल स्टेयरिङ ह्विल, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट्स र वायरलेस चार्जिङ फिचर रहेको कम्पनीले बताएको छ।

ग्रान्ड आई १० नियोस एक पेट्रोल र अर्को डिजेल गरी दुई इन्जिन रहेको छ। ७ वटा पेट्रोल भेरिएन्ट र ३ वटा डिजेल भेरिएन्टमा रह‍ेको र ११९७ सीसीको फोर सिलिन्डर पेट्रोल इन्जिनले ८३ पीएस पावर र ११६ एनएम टर्क जेनेरेट गर्ने ५ स्पिड म्यानुअल ट्रान्समिसन साथै अटोमेटिक ट्रान्समिसन रहेको कम्पनीले जनाएको छ।

पेट्रोल इन्जिनले २०.७ किलोमिटर र डिजेल इन्जिनले २६.२ किलोमिटर माइलेज दिने र यसको मूल्य ४ लाख ९९ हजार ९९० भारतीय रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .