ad ad

कार


७२ करोड ६३ लाखमा बिक्यो एस्टन मार्टिन डीबी५ कार

७२ करोड ६३ लाखमा बिक्यो एस्टन मार्टिन डीबी५ कार

नेपालखबर
भदौ २, २०७६ सोमबार ९:५१,

जेम्स बोन्ड फिल्ममा प्रयोग गरिएको एस्टन मार्टिन डीबी५ कार उच्च मूल्यमा लिलामी भएको छ। गत बिहीबार राति ६.४ मिलियन अमेरिकी डलर अर्थात् ७२ करोड ६३ लाख नेपाली रुपैयाँमा कार बिक्री भएको हो। पिबल बिच कार विकमा आरएम सोथबिजले उक्त कार बिक्री गरेको हो। सुरुवाती बन्ड फिल्मका लागि निर्माण गरेको उक्त कार हाल सञ्चालनमा रहेका तीनमध्ये एउटा हो।

लिलामीमा ४ देखि ६ मिलियन डलरसम्ममा कार बिक्री हुने बताइए पनि अनुमानितभन्दा बढी मूल्यमा कार बिक्री भएको हो। यद्यपि कार किन्नेबारे भने आरएम सोथबिजले केही नबताएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

फिल्महरुमा महत्वपूर्ण भूमिका खेल्ने र पप कल्चरमा उत्तिकै प्रयोग हुनेमा यही कार अगाडि रहने गथ्र्यो। सन् १९६५ को थन्डरबल फिल्मको प्रोमोसनका लागि यो कार प्रयोग गरिएको थियो। कारमा फिल्ममा जस्तै मेसिन गन, बुलेटप्रुफ शील्ड, ट्रेकिङ डिभाइस, रिभल्भिङ नम्बर प्लेट, रिमुभेवल रुफ प्यानल, आयल स्लिक र नेल स्प्रेयरको साथमा स्मोक स्क्रिन रहेको छ। फिचरलाई सेन्टर आर्मरेस्टमा रहेको स्विचले कन्ट्रोल गरेको बताइएको छ।

लिलामीभन्दा पहिला सो कार प्रि–सेल एक्जिबिसनमा राखिएको थियो। यो कार पहिलोपटक बेलायती कार संग्रहकर्ता एन्थोनी ब्यामफोर्डले किनेका थिए। त्यसपछि स्मोकी माउन्टेनले कार संग्रहालयमा राख्नका लागि किनिएको थियो। त्यहाँ करिब ३५ वर्षसम्म यो कार अवलोकनका लागि राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .