ad ad

कार


नाडा अटो शोमा एमजीले ५० लाख पर्ने विद्युतीय गाडी सार्वजनिक गर्ने

नाडा अटो शोमा एमजीले ५० लाख पर्ने विद्युतीय गाडी सार्वजनिक गर्ने

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १०:१९,

एमजी गाडीको विद्युतीय एसयूभी एमजी जेडएस गाडी नाडा अटो शोमा सार्वजनिक हुने भएको छ।

नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले एमजी जेडएस विद्युतीय गाडी सवारीसाधनकाे कुम्भमेला नाडा अटाे शोमा सार्वजनिक गर्नलागेकाे हाे। ६ वटा एयरब्यागहरु रहेको गाडीमा ३ वटा ड्राइभिङ मोडहरु रहेका छन्।

यसमा ११० किलोवाट पावर र ३५० एनएम टर्क क्षमता दिने कम्पनीले जनाएकाे छ। ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने लिथियम आयन ब्याट्री गाडीमा रहेकाे बताइएकाे छ। एमजी जेडएस इभीले एक पटकको चार्जमा ४२८ किमिसम्मको माइलेज दिने कम्पनीले जनाएको छ। ब्याट्रीमा ८ वर्ष एवं १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको बताइएको छ।

एमजी जेडएसको मूल्य ४९ लाख ९९ हजार रूपैयाँ रहेको छ। कम्पनीले यसका लागि प्रि–बुकिङ प्रारम्भ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .