ad ad

कार


महिला कार र्‍याली असोज ४ गते आयोजना हुने

महिला कार र्‍याली असोज ४ गते आयोजना हुने

नेपालखबर
साउन २९, २०७६ बुधबार ८:४१,

नेपाल अटोमोवाइल्स एसोसिएसनको वुमन कमिसनले महिला कार र्‍याली ‘पावर टु पावरस्टिअरिङ’ आगामी असोज ४ गते शनिबार आयोजना गर्ने भएको छ।

एडभेन्चर एण्ड थ्राइलिङ तथा ट्र्याक रेसिङको समेत अनुभव दिने सो र्‍याली ललितपुरको झसिमखेलबाट सुरु भई धुलिखेलस्थित हिमालयन मोटरल्याण्डमा पुगी ट्रयाक रेसिङ्ग तथा जिमखाना आदि जस्ता प्रतियोगिताका साथ समापन हुने बताइएको छ।

पछिल्लो समय साहसिक पर्यटन तथा साहसिक खेलकुद नेपालमा मात्र नभई संसारमै लोकप्रिय हुँदै गइरहेको छ। नेपालमा पनि ड्राइभ टुरिजम, टु ह्विल टुरिङ्ग, अफ रोड र्‍याली, टीएसडी र्‍याली तथा क्रसकन्ट्री जस्ता मोटरिङ्गका इभेन्टहरु समेत क्रमशः लोकप्रिय बन्दै गईरहेका छन्।

नासा नेपालद्वारा थुप्रै मोटरसाइकल रेसिङ्ग तथा र्‍यालीहरु आयोजना भए पनि महिलामात्रको कार र्‍याली पहिलो हो। महिला शक्तिकरण तथा सडक सुरक्षाको सन्देश दिने हेतुले आयोजना हुने सो र्‍यालीको सुरुवातमा सम्पूर्ण ड्राइभरहरुलाई सेफ ड्राइभिङ्गसम्बन्धी ओरिएन्टेसन दिइनेछ।

सो प्रतियोगिताका बिजेताहरुलाई शिल्ड, मेडल, सर्टिफिकेट प्रदान गर्नुका साथै उत्कृष्ट प्रतियोगीलाई वैदेशिक कार्यक्रममा संलग्न समेत गराइने कार्यक्रमकी संयोजक संजु बज्राचार्यले जानकारी गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .