ad ad

कार


नेपाली बजारमा आउँदै 'टाटा एचफाइभ', यी हुन् विशेषता

नेपाली बजारमा आउँदै 'टाटा एचफाइभ', यी हुन् विशेषता

नेपालखबर
साउन २८, २०७६ मंगलबार ११:३९,

भारतमा ह्यारियर नामले चर्चित टाटा कम्पनीको कार नेपाली बजारमा  भने एचफाइभ नामले आउने भएको छ। नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले एचफाइभ नेपाली बजारमा ल्याउनलागेको हो।

यो नेपाली बजारमा केही समय अगाडि नै सार्वजनिक गरिने भनिए पनि नामका कारण सार्वजनिक भएको थिएन। आगामी नाडा अटो शोमा यो कार सार्वजनिक गर्ने तयारी भएको सिप्रदी ट्रेडिङ प्रालिले बताएको छ।

यो गाडी जनवरी २३ मा भारतीय बजारमा सार्वजनिक भइसकेको छ। टाटा कम्पनीले गत वर्ष अटो एक्स्पोमा एचफाइभ एक्स कन्सेप्ट कार पहिलो पटक सार्वजनिक गरेको थियो। 

यसमा ८.८ इनचको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम रहेको भने ८–वे एड्जस्टेबल ड्राइभर सिट, लेदर अपहोल्स्ट्री, क्लाइमेट कन्ट्रोल, ओआरभीएम उपलब्ध रहेको छ।

२.० लिटरको फोर सिलिन्डर क्राओटेक टर्बो डिजेल इन्जिन छ। त्यस्तै १४० बीएचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्ने क्षमतायुक्त यो कारमा ६–स्पिड गियरबक्स र ४ सय ५० लिटरको बुट स्पेस तथा ५० लिटरको इन्धन ट्यांकी रहेको छ।

हाल फोर ह्विल ड्राइभ र अटोमेटिक ट्रान्समिसन रहनुका साथै एचफाइभमा ईएसपीमा आधारित टेरेन रेस्पोन्स मोड रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .