ad ad

कार


मेगा मोटर्सको निशान ड्याट्सन ‘मेगा महा जात्रा’

मेगा मोटर्सको निशान ड्याट्सन ‘मेगा महा जात्रा’

नेपालखबर
साउन २८, २०७६ मंगलबार ९:५३,

निसान ड्याट्सनको आधिकारिक डिलर मेगा मोटर्स प्रालिले ग्राहकहरुलाई उच्चतम सेवा र सुविधा दिने लक्ष्यका साथ गाई जात्रा, रक्षाबन्धन जात्राको अवसर पारेर ‘मेगा महा जात्रा’ योजना ल्याएको छ।

उक्त योजना साउन ३०, ३१ र ३२ गते मेगा मोटर्स, महारजगंजको सोरुमबाट आयोजना गरिनेछ। सो योजना अटोमोबाइल्स उद्योगमा अहिलेसम्मकै राम्रो योजना हुने कम्पनीका बजार प्रबन्धक दिक्षा पनेरुले जानकारी दिइन्।

यस जात्रामा भ्रमण गरी गाडी खरिद गर्ने ग्राहकहरुले सित्तैमा बनारसी साडी, घरमा प्रयोग हुने एयर कन्डिसन, इन्सुरेन्स, फुल ट्याङ्क इन्धन, वालीको टुर दुई जनालाई, पाँच वर्ष सम्मको फ्री सर्भिस, क्यासब्याकका साथै स्पेसल नगद छुट पाउनेछन्।

साथै पुराना निशान ड्याट्सन उपभोक्ताले रिफरल गरेको खण्डमा रिफरल कर्तालाई पनि स्पेसल उपहारको व्यवस्था समेत गरेको छ। उक्त जात्रामा पुरानो गाडी सट्टापट्टा गर्ने ग्राहकको गाडीलाई उचित मूल्यांकन गरी बैंक फाइनान्सको पनि सुविधा प्रधान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .