ad ad

कार


डीएफएसके ग्लोरी आई–अटो नेपालमा सार्वजनिक, मूल्य ८९ लाख ५० हजार

डीएफएसके ग्लोरी आई–अटो नेपालमा सार्वजनिक, मूल्य ८९ लाख ५० हजार

नेपालखबर
चैत ११, २०७७ बुधबार १०:४८,

डीएफएसकेको आधिकारिक वितरक कुजु नेपाल प्रालिले डीएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो नेपालमा सार्वजनिक गरेको छ।

७ सिटे ‘इन्टेलिजेन्ट एसयूभी’को वाणिज्य आपूर्ति तथा उद्योगमन्त्री लेखराज भट्टले बुधबार सार्वजनिक गरेका हुन्।

कम्पनीले ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी बिक्री गर्दै आएकोमा अन नयाँ मोडल आई अटो बिक्री सुरु गरेको छ।

७० भन्दा बढी देशमा बिक्री हुँदै आएको डीएफएसके चाइनाको प्रख्यात मोटर कम्पनी डोङफेङ मोटर्स ग्रुपअन्तर्गत सन् २००३ मा स्थापना भएको कम्पनी हो।

glory i auto2

गाडीको मुख्य विशेषता भ्वाइस कमाण्ड रहेको छ। फोन कल एसेस सिस्टम, मिडिया कमाण्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी लगाएको विशेषता रहेका छन्।

ग्लोरी आई अटो एसयूभीमा फोन डायल गर्ने, फोन उठाउने, फोन हिस्ट्री हेर्नेसहित गीत बजाउन र बन्द गर्न, आवाज बढाउने घटाउने बोलेरै गर्न सकिन्छ।

गाडीभित्र गर्मी भए एसी चलाउने, अगाडि पछाडिको सिसा खोल्ने, सनरुफ खोल्ने बन्द गर्नेलगायतका कार्य बोलेरै गर्न सकिने कम्पनीले जनाएको छ।

सयभन्दा बढी भ्वाई कमान्ड दिन सकिने गाडीमा चलाइ रहेको बेला जीपीएस खोल्ने र बन्द गर्ने, भ्वाइस नेभिगेसन तथा ब्लुटुथ र वाइफाइ खोल्ने र बन्द गर्न सकिन्छ।

glory i auto4

ग्लोबल एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एसयूभीमा सुरक्षाको लागि अगाडि ४ वटा एयरब्याग, चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ। गाडीमा आधुनिक इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम ब्रेकिङ सिस्टम रहेको गाडीमा एबीएस, ईबीडी तथा ईबीए जस्ता सुरक्षा फिचर छन्।

ग्लोरी आई अटो नेपाली बाटोका लागि उपयुक्त रहेको कम्पनीले बताएको छ। जसमा १८ इन्चको अलोय ह्विल, अगाडि र पछाडि दुवैतर्फ एलईडी लाइटको प्रयोग गरिएको छ।

दुईवटा एग्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफ रेले ग्लोरी आई–अटोलाई स्पोर्टी बनाएको छ। 

गाडीमा खुट्टाले नै खोल्न मिल्ने टेल गेट रहेको छ। जसले गर्दा दुवै हातमा सामान लिएर गाडीमा चढ्न सकिन्छ। किलेस इन्ट्री, गाडीको स्टार्ट बन्द गरेपछि आफैँ फोल्ड हुने ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपरजस्ता विशेषता आई–अटोमा रहेको छ।

glory i auto3

हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सर आई–अटोमा उपलब्ध छ। गाडीमा जडान भएको अलार्म सिस्टम तथा इमोबिलाइजरले गाडी चोरी हुने समस्या कम हुने कम्पनीको दाबी छ।

ग्लोरी आई–स्मार्ट एसयूभीमा स्पोर्टी कन्सोल, भेहिकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल, ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरले गाडी चलाउँदा आरामदायी अनुभव हुनेछ।

एसयूभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिरहेको छ। ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्टेड मेटेरियल, लेदर सिट कफर पाउन सकिन्छ।

ग्लोरी आई–अटोमा १.५ लिटर टर्बो चार्जड पेट्रोल इन्जिन रहेको छ। इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ। यसयुभी अटोमेटिक गियरबक्स नेपाल आउने जनाएको छ।

युरो ४ मापदण्डको एसयुभी गाडीको मूल्य ८९ लाख ५० हजार रहेको छ।

glory i auto5

गाडी आयातमात्रै होइन, यहीँ एसेम्बलिङ गर्नुपर्योः उद्योगमन्त्री
यसैबीच, ग्लोरी आई–अटो सार्वजनिक गर्दै उद्योगमन्त्री लेखराज भट्टले नेपालले गाडी आयात मात्रै नभई उत्पादन नै सुरु गर्नुपर्ने बताएका छन्।

‘हामीले आयात मात्रै गर्ने हो कि निर्यात पनि गर्ने हो?’, गाडी आयातकर्तालाई प्रश्न गर्दै मन्त्री भट्टले भने ‘नेपालमा गाडीको एसम्बल गरी निर्यात गर्नुपर्छ।’

व्यवसायीलाई आवश्यक नीतिगत व्यवस्था गर्ने भट्टले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .