ad ad

कार


टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु इटहरीमा पनि सार्वजनिक

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु इटहरीमा पनि सार्वजनिक

नेपालखबर
चैत १, २०७७ आइतबार ८:२०,

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्जअन्तर्गत पर्ने पाँचवटा नयाँ गाडीहरु गत शुक्रबारदेखि इटहरीमा पनि बिक्रीवितरण सुरु गरेको छ।

पूर्वाञ्चलको इटहरीमा प्रमुख अतिथि नाडा एसोसिएसन पूर्वाञ्चलका अध्यक्षसुवास आचार्यले कार्यक्रम उद्घाटन गर्दै बिक्रीवितरण सुरु गरेका हुन्।

टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ गाडीहरु इटहरीमा पनि अब किन्न पाइनेछ। बीएस सिक्स प्रविधिले सम्पन्न छन्।

योसँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ। यिनिहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेजअनुसार तयार पारिएकोे छ। बदलिँदो समयको मागअनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरुभन्दा अग्रस्थानमा रहेको छ।

tata 5 car in ithari3

१. नयाँ टियागो
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ। उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ। टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ।

२. नयाँ टिगोर
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन्। मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ। टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ।

३. नयाँ नेक्सन
१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ। यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ। टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ।

४. नयाँ अलट्रोज
१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ। नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ। साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ ।

यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ।

५. नयाँ एच फाईभ
२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट विशिष्ट वास्तुकलामा आधारित छ। शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनीले जनाएको छ।

एच फाइभ विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .