ad ad

कार


टाटाले ल्यायो ५ नयाँ कार, यस्तो छ भेरिएन्ट र मूल्य

टाटाले ल्यायो ५ नयाँ कार, यस्तो छ भेरिएन्ट र मूल्य

नेपालखबर
फागुन २६, २०७७ बुधबार ६:१४,

टाटा मोटर्सका पाँचवटा नयाँ कार नेपाली बजारमा प्रवेश गरेका छन्।

कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एकैपटक नेक्सनसहित टाटा टिगोर, टियागो फेसलिफ्ट, अल्ट्रोज र टाटा एच५ नेपाली बजारमा सार्वजनिक गरेको हो।

मंगलबार साँझ काठमाडौंमा विशेष समारोहको आयोजना गर्दै कम्पनीले पाँचवटा कार सार्वजनिक गरेको छ। सबै सार्वजनिक भएका कारहरु बीएस ६ मापदण्डको इन्जिनमा उपलब्ध छन्।

टाटा टिगोरको सुरुवाती मूल्य ३२ लाख ५० हजार रुपैयाँ र अधिकतम महंगो पर्ने अर्को भेरिएन्टको मूल्य ३९ लाख ९५ हजार रुपैयाँ छ।

टियागो ह्याचव्याक विभिन्न ६ भेरियन्टमा उपलब्ध रहेका टियागोको मूल्य २८ लाखदेखि ३७ लाख १५ हजार रुपैयाँसम्म कायम गरिएको कम्पनी जनाएको छ।

प्रिमियम ह्याचब्याक अल्ट्रोज एक्सएम भेरियन्टको मूल्य ३५ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेक्सनलाई ७ भेरियन्टमा उपलब्ध गराएको छ। सनरुफसहित बजारमा आएको नेक्सनको सुरुवाती मूल्य ३९ लाख ९५ हजार रहेको छ भने टप भेरियन्टको मूल्य ५२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ।

टाटाको सबैभन्दा महंगो मोडल एच५ को बजार मूल्य भने कम्पनी टप भेरियन्टमा अधिकतम ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .