आगामी नाडा अटो शोमा महिन्द्राको केयूभी १०० इलेक्ट्रिक भेरियन्ट आउने भएको छ। नेपालका लागि अग्नी इनर्जीले महिन्द्राका गाडीहरू बिक्री वितरण गर्दै आएको छ। भारतीय कम्पनी महिन्द्राले पछिल्लो केही समय इलेक्ट्रिक कार उत्पादनलाइ जाेड दिँदै आएको छ।
अग्नी इनर्जीका अनुसार महिन्द्राको इलेक्ट्रिक केयूभी १०० लाई विशेष महत्वका साथ प्रोटोटइप रिभ्यु रहेको बताइएको छ।
अहिले पररीक्षण सकिएको महिन्द्रा इकेयुभी १०० यो वर्षको अन्त्यतिर अथवा २०२० को पहिलो पहिलो महिनाभित्र बजारमा ल्याउने तयारी गरिएको कम्पनीले बताएको छ।
यसमा ४० किलोवाट रहेको छ भने ब्याट्रीको क्षमता ५ घण्टा ४५ मिनेट र ४५ मिनेटभित्र ८० प्रतिशित चार्ज हुने जनाइएको छ।
इकेयूभी–१०० ले एकपटकको फुल चार्जमा १ सय २० किलोमिटरसम्म माइलेज दिन्छ भने छ भने यसको लेन्थ ३७ सय एमएम, वाइड १७ सय ३५ एमएम, हाइट १६ सय ५५ एमएम रहेको छ भने ह्विलबेस २३ सय ८५ एमएम रहेको बताइएको छ।
Shares
प्रतिक्रिया