ad ad

कार


चिनियाँ कम्पनीको मिनी इलेक्ट्रिक कार नेपाली बजारमा

चिनियाँ कम्पनीको मिनी इलेक्ट्रिक कार नेपाली बजारमा

नेपालखबर
साउन २३, २०७६ बिहिबार ८:५९,

चिनियाँ कम्पनी जिआयुआनले उत्पादन गरेको इलेक्ट्रिक कार नेपाली बजारमा आएको छ। नेपाली बजारमा बिक्री गर्दै आएको एइसीजी ग्रुपले उक्त कार नेपाली बजारमा ल्याएको हाे।

जिआयुआनलाई कम्पनीले लो स्पिड र हाई स्पिड भेरियन्ट र दुई भेरियन्टमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको कम्पनीले बताएको छ। यसको आकार सानो रहेको छ भने लम्बाइ २२४५ एमएम, उचाइ १५७० एमएम र चौडाइ १२९० एमएम रहेको छ। कारको ह्विलबेस भने १५०० एमएम रहेको छ।

यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स र ब्याट्रीसहित ६१३ किलो तौल रहेको छ भने एसी समेत रहेको बताइएको छ। यसमा लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको २२० भोल्ट पावरले यी ब्याट्री चार्ज गर्न सकिने बताइएको छ। यो कारमा चक्कामा डिस ब्रेक र पछाडि चक्कामा ड्रम ब्रेक दिइएको कारमा आल्मुनियम अलोय ह्विल हब रहेको छ। टप स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको छ। लो भेरियन्टको टप स्पिड भने ४५ किलोमिटर रहेको छ।

फुलचार्जमा लो स्पिड कारले १५० किलोमिटर र टप स्पिड मोडलले १२० किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .