ad ad

कार


एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै, ७९ लाख ९९ हजारमा बुकिङ खुल्ला

एमजीको स्टाइलिस एसयूभी ‘एचएस’ नेपाल आउँदै, ७९ लाख ९९ हजारमा बुकिङ खुल्ला

नेपालखबर
माघ २०, २०७७ मंगलबार ७:९,

नेपालको लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी एचएस प्रिमियम एसयूभीको अग्रिम बुकिङ खुल्ला गरेको छ।

अल न्यू स्टाइलिस एसयूभीको रुपमा बजारमा आउनलागेको एमजी एचएस निकै सुरक्षित एसयूभी हुने कम्पनीले जनाएको छ।

विशेषतः सुरक्षाको लागि आवश्यक सबै मापदण्ड पूरा गरेको एचएसमा अगाडि ड्यूल र साइड कटन एयरब्याग दिइएको छ।

कारलाई चालकमैत्री बनाउन लेड डिपार्चर वार्निङ सिस्टम, ब्लाइन्ड स्पाट डिटेक्सन, ३६० डिग्री क्यामेरा, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक, अगाडि र पछाडि चारै चक्कामा डिस्क ब्रेक, एन्टी ट्रयापसहितको पानारोमिक सनरुफ, ६ तरिकाबाट आफूअनुकुल बनाउन सकिने ड्राइभिङ सिट, ४ तरिकाले मिलाउन मिल्ने यात्रु सिट, अगाडिका दुवै सिट तातो बनाउन मिल्ने, अटोमेटिक फोल्ड हुने र चिसोमा तातो बनाउन मिल्ने आउट साइड रियर भ्यू मिरर जस्ता फिचर यसमा उपलब्ध छन्।

साथै, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यसमा छ। गाडीमा एप्पलका र प्ले र एन्ड्रोइड अटो सपोर्ट समेत छ। यसमा रहेको १८ इन्चको अलोय ह्विल र पूर्ण लेदर सिटले गाडीको इन्टेरियर र एक्सटेरियर दुवैलाई प्रिमियम बनाएको छ।

एमजीएचएसमा १.५ लिटर टर्बो इन्जिन उपलब्ध छ। उक्त इन्जिनले अधिकतम ५६ सय आरपीएममा १५२ पीएस पावर र १७ सयदेखि ४४ सय आरपीएममा २५० एनएम पिक टर्क प्रदान गर्छ। यसमा ७ स्पिड डीसीटी गियरबक्स उपलब्ध रहेको छ।

यसलाई नेपाल ल्याएको अवसर पारेर केही समयको लागि कम्पनीले ७९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गर्न लागेको हो। विभिन्न तीन कलर भेरियन्टमा यसलाई ग्राहकले किन्न सक्नेछन्। यसमा कालो, सेतो र रातो कलर भेरियन्ट रहेका छन्।

अहिले बुकिङ गर्ने ग्राहकलाई आगामी मार्च दोस्रो सातासम्ममा डेलिभरी दिइने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .