ad ad

कार


रेनोको काइगर भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

रेनोको काइगर भारतमा सार्वजनिक, यस्ता छन् विशेषता

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ११:५,

रेनो काइगर भारतमा सार्वजनिक भएको छ। यद्यपि यसको मूल्य अहिले नै खुलाइएको छैन।

तर यो कार भारतमा उत्पादित विश्व उत्पादन हुने दाबी गरिएको छ। काइगरलाई खासगरी किया सोनेट, हुन्डाईको भेन्यु, मारुती सुजुकीको भिटारा ब्रेजा, टाटाको नेक्सन, महिन्द्राको केयूभी३०० जस्ता कारहरुको टक्कर दिने गाडीका रुपमा हेरिएको छ।

दुईवटा इन्जिन अप्सनमा रहेको यो गाडी १ लिटर टर्बोचार्ज्ड, तीन सिलिन्डरयुक्त पेट्रोल इन्जिनयुक्त छ। यसले १००पीएस र १६० एनएम शक्ति प्रदान गर्छ। यस्तै १ लिटर पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम शक्ति दिन्छ।

ट्रान्समिसन अप्सनमा फाइभस्पिड म्यानुअल र फाइभस्पिड इजि–आर एएमटी १ लि. पेट्रोल इन्जिनमा छ भने फाइभस्पिड म्यानुअल र फाइभस्पिड एक्स–ट्रोनिक सीभीटी १ लि. टर्बोचार्ज्ड युनिटमा छ।

यसलाई कम्पनीले अत्याधुनिक एसयूभी रहेको जनाएको छ। भारतीय बजारमा पूर्ण फिट हुने कम्पनीको दाबी छ।

भारतीय बजारमा भर्खरै निसानको म्याग्नाइट सार्वजनिक भएको थियो। यो कारको बम्परमाथि हेडल्याम्प छ। कम्पनीको चर्चित क्विड श्रेणीबाट प्रेरित यो गाडीको पछाडि सीआकारको एलईडी टेल ल्याम्प छ।

ड्राइभिङ अनुभवलाई उत्कृष्ट बनाउन तीनवटा मोडहरु इको, नर्मल र स्पोर्ट सामेल छ।

गाडीमा १६ इन्चको अलोय ह्विल्स छ। इन्टेरियरतर्फ डुअल टोन क्याबिन, फेब्रिक सिट तथा ४०५ लिटरको बुट स्पेस छ। यसको क्याबिनमा २९ लिटको स्टोरेज स्पेस छ। गाडीमा ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, अल ब्ल्याक ड्यासबोर्ड र पूर्ण डिजिटल ड्राइभ डिस्प्ले रहेको छ।

यो गाडीको लम्बाइ ३.९१ मिटर, ह्विलबेस २.५ मिटर र २१० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। मूल्य नखुलाए पनि ६ देखि ८ लाख भारुसम्म पर्नसक्ने भारतीय मिडियाले जनाएका छन्।

भारतीय बजारमा सहज उपलब्धता हुनासाथ यो गाडी नेपाल आउनसक्ने अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .