ad ad

कार


हुन्डाई फेष्टिभ डिलाइट: खड्का र केसीले जिते क्रेटा र आई२० कार (भिडियो)

हुन्डाई फेष्टिभ डिलाइट: खड्का र केसीले जिते क्रेटा र आई२० कार (भिडियो)

नेपालखबर
जेठ २८, २०७६ मंगलबार ५:४०,

नक्सालमा रहेको कम्पनीको शोरुममा एक कार्यक्रमका बीच लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विजेताहरु बद्रिकुमार खड्का र भावना केसीलाई पुरस्कार वितरण गरेको हो। खड्काले क्रेटा र केसीले आई२० एक्टिभ कार जितेका हुन्।

दुवै जनालाई समारोहमा कारको साँचो हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठसहित कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा हुन्डाई मिस फ्रेन्डशिप २०१९ की विजेता नैन्सी बोगटीको उपस्थिति रहेको थियो। गत ५ तारिखमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारणमार्फत लक्की ड्रका विजेता छनोट गराएको थियो।

हुन्डाई फेष्टिभ डिलाइट अन्तर्गत हुन्डाई खरिदकर्ताहरुले एउटा क्रेटा, एउटा आई२० एक्टिभ र सय जनाले १० ग्राम सुनसहित स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद छुट पनि पाएका छन्। ग्रुपका अध्यक्ष श्रेष्ठले हुन्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्रान्ड बनाउन सहयोग गर्ने ग्राहकप्रति आभार व्यक्त गरेका थिए।

हुन्डाईले आफ्ना गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ र निःशुल्क कर भुक्तानीसहितका सुविधा दिएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका नेपालभर १५ शोरुम तथा १७ सर्भिस सेन्टर रहेका छन्।

हुन्डाई विश्वका ५ ठूला अटोमोबाइल उत्पादकमध्ये एकमा पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .