ad ad

कार


स्कोडाको प्रिमियम एसयूभी कारोक नेपालमा सार्वजनिक, मूल्य कति?

स्कोडाको प्रिमियम एसयूभी कारोक नेपालमा सार्वजनिक, मूल्य कति?

नेपालखबर
पुस २७, २०७७ सोमबार ७:२३,

स्कोडाको नेपाल २.० नीतिअन्तर्गत नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ स्कोडा कारोक सार्वजनिक गरेर आफ्नो एसयुभी पोर्टफोलियोलाई थप विस्तार गरेको छ। नयाँ स्कोडा कारोक विश्वकै पुरानो र स्थापित कार ब्रान्डमध्ये पर्ने स्कोडा अटोको पूर्णतः नयाँ कम्प्याक्ट एसयुभी हो।

स्कोडा विरासतलाई आत्मसात् गर्दै नयाँ स्कोडा कारोकमा आधुनिक डिजाइन, उदार आकार, ‘क्लास लिडिङ’ सेफ्टी र ‘इन्टेलिजेन्ट कनेक्टिभिजी’ फिचर राखिएका छन् जसले ‘प्रिमियिम ड्राइभिङ’ अनुभव र बेजोड ‘क्याबिन कम्र्फोट’लाई प्रत्याभुत गर्छ।

स्कोडाको पछिल्लो एसयुभी नेपालमा दुई भेरियन्ट, एम्बिसन र एम्बिसन प्लसमा उपलब्ध छ। यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको टर्बो चाज्र्ड डिजेल इन्जिन हुनेछ जसले अधिकतम १०५ किलोवाट र ३२० एनएम टर्क उत्पन्न गर्छ।

Skoda Karoq 223

नयाँ कारोकको लम्बाइ ४,३८२ एमएम, चौडाइ १,८४१ एमएम र उचाइ १,६२४ एमएम रहेको छ। ठूलो आकारले यात्रुलाई आरामदायी यात्रा दिलाउँछ। त्यसैगरी, यसको ह्विलबेस २,६३८ एमएम छ जसले सडकमा कारोकलाई चुस्त रहन मद्दत गर्छ र इन्टेरियरको अनुपात पनि पर्याप्त बनाउँछ। यसको बुट स्पेस ५२१ लिटर छ जुन क्लासमै सबैभन्दा बढी हो र पछिल्ला सिटहरु फोल्ड गरेर यसलाई १,६३० लिटरसम्म बनाउन सकिन्छ जुन कुनै पनि ‘बिजनेस या विकेन्ड ट्रिप’को लागि पर्याप्त छ।

यसको फेसियामा रहेको स्कोडाको ‘सिग्नेचर रेडियटर ग्रिल’ वरपर राखिएको क्रोम, अटोमेटिक हेडल्याम्प लेभलिङसहितको एएफएस (एडाप्टिभ फ्रन्ट लाइट सिस्टम) एलईडी हेडल्याम्प, ‘कर्नरिङ फंक्सन’ भएको फगल्याम्प, गाडीको स्पिड, मौसमअनुसार परिवर्तन हुने हेल्याम्पले नयाँ कारोकको एक्सटेरियरलाई अतुलानीय बनाएको छ। यसमा ‘बाउन्स ब्याक सिस्टम’सहितको ‘इलेक्ट्रिकल्लली एडजस्टेबल पानोरामिक सनरुफ’ राखिएको छ जसले इन्टेरियरलाई अझ बढी ‘स्पेसियस’ भएको अनुभव दिलाउँछ।

Skoda Karoq 224

कारोकको पछिल्लो भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलईडी टेललाइट रहेको छ। त्यसैगरी, टेलगेटमा ब्लक अक्षरमा ‘स्कोडा’ लेखिएको छ जसले स्कोडाको ‘डिजाइन फिलोसोफी’ झल्काउँछ।

कारोकको ड्यासबोर्डमा ‘ब्ल्याक लेदर अहोस्ट्रि’सहित सिल्भर टच दिइएको छ। ब्ल्याक इलेमेन्टमा क्रोम हाइलाइट प्रयोग गरिएको छ। यसमा ‘भच्र्युअल ककपिट’ र ‘हिटेड फ्रन्ट सिट’ राखिएको छ जसले ‘प्योर ड्राइभिङ प्लेजर’ प्रत्याभुत गर्छ।

यसमा ‘प्रोक्सिमिटी सेन्सर’सहितको २०.३२ सेन्टिमिटरको टच डिस्प्ले छ। त्यसैगरी, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, युएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङ जस्ता सुविधा छन्। साथै विना झन्झट ‘मोबाइल कनेक्टिभिटी’का लागि ‘स्मार्टलिंक’ जडान गरिएको छ।

skoda karoq 225

नयाँ स्कोडा कारोकमा ‘एअर केयर फंक्सन’सहितको ‘इन्टेलिजेन्ट टु जोन क्लाइमेट्रोनिक एअर कन्डिसनिङ सिस्टम’ छ जसले गर्दा अगाडि र पछाडिका यात्रुलाई छुट्टाछुट्टै तापक्रम कायम गर्न सकिन्छ। साथै, यसमा ‘ह्युमिडिटी सेन्सर’समेत छ, जसले ‘विन्डस्क्रिन’ बाफिलो हुन रोक्छ।

अध्याँरोमा गाडीमा प्रवेश गर्ने सहज बनाउन ‘साइडभ्यु मिरर’मा ‘बोर्डिङ स्पट ल्याम्प’ राखिएको छ। यसका साथै, यसमा ‘क्र्युज कन्ट्रोल’ र ‘अटोमेटिक रेन सेन्सिङ वाइपर’ समेत यसमा जडान गरिएको छ।
नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य एक करोड १५ लाख रुपैयाँ र कारोक एम्बिसन प्लसको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .