ad ad

कार


निसानको नयाँ कार ‘म्याग्नाइट’ जनवरीको अन्तिमतिर नेपाल आउँदै

निसानको नयाँ कार ‘म्याग्नाइट’ जनवरीको अन्तिमतिर नेपाल आउँदै

नेपालखबर
पुस २६, २०७७ आइतबार ६:३८,

जनवरीको अन्तिमतिर निसान म्याग्नाइट कार नेपाल आउने भएको छ।

नेपालमा निसान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले जनवरीको अन्तिमसम्म नयाँ कार नेपाल भित्र्याउने बताएको हो।

भारतमा सार्वजनिक भएको एक महिनामै करिब ३३ हजार युनिट बिक्री भएको म्याग्नाइट एसयूभी नेपालमा बहुप्रतीक्षित बनेको छ। निसान मोटर्सले म्याग्नाइटलाई बिग, बोल्ड, ब्युटिफुल एसयूभी गाडीको रुपमा परिचित गराएको छ।

‘जनवरीको अन्तिम हप्ता नेपालमा ल्याउने हाम्रो तयारी छ’, पायोनियर मोटोकर्पका एसिस्टेन्ट जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले नेपालखबरसँग भने, ‘म्याग्नाइटका ८ वटा भेरियन्ट नेपाल ल्याउँछौँ।’

म्याग्नाइट एसयुभी स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रुफ, डुअल टोन बडी पेन्ट, डुअल टोन रियर बम्परजस्ता विशेषता छन्।

निशान म्याग्नाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफ‍टी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा, पावर स्टेरिङ, पावर विन्डो फ्रन्ट, एन्टीलक ब्रेकिङ सिस्टम, एयर कन्डिस्नर, ड्राइभर एयरब्याग, प्यासेन्जर एयरव्याग, अटोमेटिक क्यालाइमेट कन्ट्रोल, फगलाइट फ्रन्ट लगायत विभिन्न फिचरहरु उपलब्ध छन्।

निसान म्याग्नाइट ९९९ सिसी इन्जिन भएको गाडी हो । जसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको छ । माइलेज १८ देखी २० किमी प्रतिलिटर रहेको छ। म्याग्नइट नेचुरली एसपिरेटेड इञ्जिन र टर्बोचाज्र्ड इञ्जिनमा उपलब्ध हुने कम्पनीले बताएको छ।

गाडीको लम्बाइ ३९९४ एमएम, चौडाइ १७५८, उचाइ १५७२ एमएम रहेको छ।

गाडीको अधिकतम पावर ५ हजार आरपीएममा ९८ बीपीएच र १५२ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले उल्लेख गरेको छ । एसयुभी म्यागनाइटको बुटस्पेस ३३६ लिटर रहेको छ। इन्धन ट्यांक क्यापासिटी ४० लिटर रहेको छ।

निशान म्यागनाइट एसिएन एनक्याप सेफ्टी टेस्टमा ४ स्टार रेटिङ पाएको छ। म्याग्नाइटको ग्लोबल एनक्याप क्यासटेस्ट समेत गरिने उत्पादक कम्पनीले जनाएको छ।

विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट नेपालमा अत्याधिक मन पराउने कम्पनीले विश्वास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .