ad ad

कार


हुन्डाईको ‘क्रेटा स्पोर्ट एडिसन’ बजारमा

हुन्डाईको ‘क्रेटा स्पोर्ट एडिसन’ बजारमा

नेपालखबर
साउन १९, २०७६ आइतबार ८:४३,

कार निर्माता हुन्डाईले एसयुभी क्रेटाको स्पोर्ट एडिसन बजारमा ल्याएको छ। निकै आकर्षक डिजाइनमा ल्याइएको कारमा वायरलेस फोन चार्जिङ डक, आर्कमिस साउण्ड मुड सिस्टम, इलेक्ट्रिक सनरुफ, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल र अटोमेटिक एसी र लिंक नेभिगेसन ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ।

कम्पनीका अनुसार कस्मेटिक परिवर्तन र नयाँ कम्फर्ट फिचर रहेको छ। स्पोर्ट एडिसन क्रेटामा कालो रङको आउटसाइड रियर भ्यु मिरर, सिल्भर फिनिस रुफ रेल्स, रियर स्पोइलर, नयाँ फ्रन्ट र रियर स्किड प्लेट्स, ड्युअल फ्रन्ट एक्जस्ट र स्मोक्ड प्रोजेक्टर हेडल्याम्प्स रहेको छ। एसयुभी १.६ लिटर पेट्रोल र डिजेल इन्जिन १२१ बीएचपीको पावर र १५१ एनएमको टर्क जेनेरेट गर्ने क्षमता रहेको छ।

एसी भेन्ट्स र ढोकाको भित्री ह्यान्डलमा सिल्भर रङ र कालो फेब्रिक सिट्स राखिएको छ। स्टेयरिङ ह्विलमा लेदर लगाएको छ जसमा कन्ट्रास्ट स्टिचिङ गरिएको छ।

याे कारलाइ भारतमा १२ लाख ७८ हजार भारू मूल्य पर्ने बताइएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .