अटो होस्ट प्रालिले चीनमा बनेका विद्युतीय कारहरु ईएम७ र ईभी७ को बिक्री नेपाली बजारमा सुरु गरेको छ।
कम्पनीले हिनान डेरी न्यु इनर्जी अटो मोबाइलले उत्पादन गरेका उक्त दुई मोडलका कारको बिक्री नेपालमा सुरु गरेको हो।
ईएम७ नेपालमै पहिलो सोलार कार र ईभी७ नेपाली भूगोलमा उपयुक्त हुने कम्पनीले जनाएको छ। दुवै मोडलहरु ईपीएस, पावर विन्डोज, सेन्ट्रल लक, अलोय ह्विल, टच स्क्रिन, हिल असिस्ट, स्पेयर टायर्सजस्ता फिचरयुक्त रहेका छन्।
नेपालमा ईएम७ को मूल्य २६ लाख ५० हजार र ईभी७ को मूल्य २५ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ। पहिलो ५० युनिट बिक्रीमा भने ग्राहकले ५० हजार नगद छुट पाउने कम्पनीका अध्यक्ष सरोज थापाले जानकारी दिए।
प्रतिक्रिया