ad ad

कार


सेप्टेम्बरमा आउँदै छ मारुती सुजुकीको एसयूभी एस–प्रेसो

सेप्टेम्बरमा आउँदै छ मारुती सुजुकीको एसयूभी एस–प्रेसो

नेपालखबर
साउन १४, २०७६ मंगलबार ७:५९,

सेप्टेम्बरमा मारुती सुजुकीको एसयूभी एस–प्रेसो बजारमा आउने भएको छ। एस–प्रेसो, सेप्टेम्बरको पहिलो हप्तामा सार्वजनिक गरिने कम्पनीले बताएको छ।

२०१८ को अटो एक्स्पोमा प्रदर्शन गरिएको मोडलमा हाई ग्राउन्ड क्लियरेन्स, अपराइट फ्रन्ट फेसिका, सर्ट बोनेट स्ट्रक्चर, टल पिलर, स्पेसियस इन्टेरियर, र्यापराउन्ड हेडल्याम्पसँगै एलइडी डीआरएलएस, रेक्ट्याङ्गुलर टेल ल्याम्प, रेक्ट रियर ग्यास लगायतका रहेको कम्पनीले जनाएको छ।

राउन्ड सेप डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट सिस्टम रहनुका साथै इन्जिन बीएस–६ मापदन्ड रहेको जनाइएको छ। इन्जिनमा पाँच स्पिड म्यानुअल र पाँच स्पिड एएमटी रहेको छ। कम्पनीले कन्सेप्ट फ्युचर एसमा आधारित यस मोडललाई बीएस–६ मापदन्डअनुरुपको १.० लिटर पेट्रोल इन्जिनसहित भारतीय बजारमा ल्याउने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .