ad ad

कार


टोयोटाले एयरब्याग्स खराबीका कारण फिर्ता लिँदै कारहरु

टोयोटाले एयरब्याग्स खराबीका कारण फिर्ता लिँदै कारहरु

नेपालखबर
साउन १३, २०७६ सोमबार ७:५०,

टोयोटाले एयसब्याग्समा खराबी आएको कारण कारहरू फिर्ता गरेको छ। २००३ जनवरी र २०१३ डिसेम्बर बजारमा बिक्री भएको कोरोला र कोरोला अल्टिसको एयसब्याग्समा देखिएको खराबीका कारण फिर्ता गरिएको कम्पनीले जनाएको छ।

कारहरु फिर्ताका लागि ग्राहकहरुलाई सूचित गर्न मिडियाहरुमा विज्ञापन प्रकाशित गरिएको थियो। कम्पनीको वेबसाइटमा गएर पनि टोयोटा डिलर गएर कारको जाँच गर्न सकिने व्यवस्था समेत गरिएको थियो। कम्पनीका अनुसार कोरोला र कोरोला अल्टिसको ८१ हजार ८ सय ७४ युनिट कारमा ४९ हजार ३ सय २७ कारको एयरब्याग्स परिवर्तन गरिएको बताइएको छ ।

एयरब्याक्सको इन्फ्लेटर्समा रहेको प्रोपलेन्ट धेरै चिसो र उच्च तापक्रममा लामो समय सम्पर्कमा आउँदा समस्या हुनेछ। इन्फ्लेटर च्याटिदाँ धातुको टुक्रा एयरब्याग कुशन मेटरियलबाट वारपार हुन सक्छ जसले यात्रीलाई गम्भीर खतरा हुने बताइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .